Logo
Logo

लठैत स्वरूप दादागिरीको



तिमी कस्तो ?
भन्छौ गरेकै होइन
फेरि सकार्छौ गरेको हो भनेर
डकार्छौ मेरै पानी पिएर
अनि हकार्छौ मलाई नै
आजको युगमा पनि
तिमी कस्तो ?
बलियोको बुट टल्काएर
आफ्नो अनुहार हेर्ने
अनि म जस्तो कमजोरलाई
उठ्नै नदिने
तिमी कस्तो ?
लौन, भन न तिमी कस्तो ?
विस्तारित लठैत स्वरूप यो
वरिपरी दादागिरी गर्ने अनुहारको

प्रतिक्रिया दिनुहोस्