Logo
Logo

जाजरकोट भूकम्पको १ महिना: पीडा जहाँको त्यहि


315
Shares

काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको एक महिना भएको छ । गएको कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भूकम्पबाट २६ हजारभन्दा धेरै घर पूर्ण रुपमा भत्किएका छन् ।

३५ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ भने एक सय ५४ जनाले ज्यान गुमाएका थिए । भूकम्प लगत्तै खोज तथा उद्धारको काममा तदारुकता देखाएको सरकारले राहत र पुनःस्थापनामा त्यति प्रभावकारी काम गर्न सकेको छैन ।

जारकोट भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै क्षति पुर्याएको छ । अहिले पनि भूकम्पको पिडा त्यत्तिकै छ । घरबारविहीन परिवारहरू चिसोमा त्रिपालमुनी बस्न बाध्य छन । यसबाट सबैभन्दा धेरै सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र बालबालिका जोखिममा परेका छन् ।

सरकारको सुरक्षित आवास निर्माण कार्यक्रम प्रभावकारी भएको छैन । सङ्घीय सरकारले विभिन्न समयमा आवास निर्माणको बजेट पठाइसकेपछि त्यसको प्रभावकारी सदुपयोग हुन सकिरहेको छैन ।

भूकम्पमा जोगिएकाहरुलाई यतिबेला चिसोले सताउन थालेको छ । झाडापखाला, ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । मुटु रोगी, दम, रक्तचाप र मधुमेहका बिरामीको अवस्था कमजोर बन्दै गएको छ । त्रिपालमुनी बस्दा चिसोले मृतयु हनेको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो विवरणअनुसार २५ जनाको चिसोबाट मृत्यु भइसकेको छ ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले वृद्धवृद्धा, शिशु र दीर्घरोगी बढी समस्यामा परेको बताए । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन बल्ल सुरसार हुँदैछ । अस्थायी घर बनाउन सरकारले ढिलासुस्ती गरिरहँदा मुख्य दलहरुले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्