Logo
Logo

नेपाल सुपर लिगमा बुटवलको पहिलो जित


378
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीले पहिलो जित निकालेको छ ।

आज आइतवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले स्पोर्टिङ इलामलाई २–१ गोल अन्तरले हरायो । निकै रोमाञ्चक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको शुरुमै बुटवलले अग्रता लियो । खेलको ४९ औँ मिनेटमा जिलेस्पी जङ्ग कार्कीले दिएको पासमा बिनोङले गोल गरे ।

खेलको ७८ औँ मिनेटमा इलामका सन्तोष खत्रीले बक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किएपछि रिबाउन्डमा अब्डुल्ज बाले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याए । तर खेलको ८८ औँ मिनेटमा भने एरिक विष्टले फ्री–किकमा उत्कृष्ट गोल गर्दै बुटवलको जित सुनिश्चित गरे ।

झन्डै ३५ यार्ड टाढाबाट एरिकले बायाँ कर्नरमा प्रहार गरेको बल इलामका गोलकीपर विकेश कुथुले बचाउने प्रयास गरे पनि गोल टार्न सकेनन् ।

जितपछि बुटवलले ३ खेलमा ३ अङ्क जोडेको छ । इलामले पनि ३ खेलमा ३ अङ्क नै जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्