
काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीका गोलकिपर अञ्जना रानामगर वैवाहिक जीवनमा बाँधिएका छन् । अञ्जनाले सोमबार भक्तपुरनिवासी प्रेमी अविरल लामासँग काभ्रेपलाञ्चोकको धुलिखेलमा विवाह गरेका हुन् ।
१४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेर ‘कान्छी फुटबलर’को नामले चर्चित बनेका रौतहटको चन्द्रपुरका अन्जना त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन् । उनले २०२१ को डिसेम्बरमा नेपाली यू–१९ टिमको कप्तानी समेत गरेका थिए ।














