
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । यसअघि भएका तीन खेलमा चितवनले एकमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको छ भने बुटवल एकमा जित र दुईमा पराजित भएको थियो ।
जारी लिगमा चितवन ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । यता बुटवल ३ अंकसहित सातौँ स्थानमा छ ।














