Logo
Logo

दूतावास छिर्दा कारबाहीमा परेका डिआईजी सशस्त्र प्रहरीको प्रवक्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ फागुन ।
सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डिआईजी प्रविणकुमार श्रेष्ठलाई दिइएको छ । डिआईजी श्रेष्ठ भारतीय दूतावास छिरेको आरोपमा गत महिना कारबाहीमा परेका थिए । व्यक्तिगत स्वार्थका लागि उनी दूतावास गएका थिए । गृह मन्त्रालयको निर्देशनमा उनलाई सचेत गराइएको थियो ।


प्रवक्ता रहेका डिआईजी सुरज श्रेष्ठले अवकाश पाएपछि रिक्त पदमा उनलार्य सरुवा गरिएको हो । उनी यसअघि सशस्त्रको स्टाफ कलेजमा कार्यरत थिए ।
त्यस्तै सशस्त्र प्रहरीमा हालै बढुवा भएका डिआईजीको पदस्थापन र सरुवा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्