काठमाडौँ । संयुक्त अरब इमिरेट्स यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाली टोली पाकिस्तानसँग सात विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।














