Logo
Logo

दमकमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता हुने


315
Shares

झापा । झापाको दमक–१० सेतुमारीमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएको छ ।
स्थानीय इन्द्रेणी युवा क्लबको आयोजनामा मंसिर २७ गतेदेखि पुस ३ गतेसम्म सेतुमारी खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष सुवास सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

दमक–१० को पर्यटकीयस्थल इन्द्रेणी ताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै अध्यक्ष सुवेदीले भने, ‘मानव स्वास्थ्य सचेतना, खेलकुद क्षेत्रको विकास, युवा पुस्तालाई लागु औषधको कुलतबाट जोगाउने र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गर्न लागेका हौँ ।’

प्रतियोगताका लागि टाइटल स्पोन्सर खोजी सुवेदीले बताए । ‘हामीले दुई लाख सहयोग गर्ने दाताको नाम यस प्रतियोगिताको सुरुमा उल्लेख गर्ने निर्णय गरेका छौं । टाइटल स्पोन्सको खोजी जारी छ’ उनले भने ।

दमक १० मा इन्द्रोण्ी युवा क्लबले इन्द्रेणी ताल संरक्षणलगायत विविध सामाजिक कार्य गर्दै आएको जानकारी दिँदै दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीले युवा पुस्तालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्ने र प्रोत्साहित गर्ने कार्यमा वडा कार्यालयले सक्दो सहयोग गर्ने बताए । ‘क्लवका माध्यमबाट स्थानीय युवा साथीहरुको सामाजिक योगदानमा हामी वडाका तर्फबाट उत्साह थप्न तयार छौं’, उनले भने ।

कार्यक्रममा बोल्दै स्थानीय सामाजिक व्यक्तित्व रोहित राई र क्लबका संस्थापक अध्यक्ष नगेन्द्रमणि न्यौपानेले प्रतियोगितामा सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । चार लाख ९५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा झापा र मोरङका गरी स्थानीयस्तरका १२ वटा टीमले सहभागिता जनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्