Logo
Logo

अफगानिस्तानविरुद्ध गुल्शनले दिलाए नेपाललाई पहिलो सफलता


882
Shares

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा अफगानिस्ताविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । यूएईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा अलराउन्डर गुल्शनकुमार झाले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

गुल्शनले अफगानिस्तानका ओपनर वाफिउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए ।खालिद तनिवाल २ रनमा नटआउट छन् । अहिले क्रिजमा जम्सिद जड्रान आएका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले दोस्रो ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा १७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्