Logo
Logo

हिउँदे शहीद



बाली भित्रिएको वेला
बाली खान आएका ‘चैते काङ्ग्रेस’
धपाउँदा नधापिने
कति आफूलाई गर्भैदेखिको भन्थे
कफन बाँधेकाहरूलाई विस्थापित गरेर
आसन जमाएर बसेका छन् ती

सरहदपारि
भनेको ठाउँमा पानी पुर्याउन
तयार पारिएको ओस्ताज
उसको धुन पाइड पाइपरको भन्दा रोमाञ्चित
शासनको ओहोरीदोहोरी
जुहारी खेलेकोजस्तो भएको वेला
मुखले बोलिदिए पुग्ने
हुकुम भन्दा कडा
बाँकी ‘टेलर–मेड’ औपचारिकता
हिर्दोख पाखण्डी पण्डितराज
खहरेजस्तो गडगडाउँदो
‘हिउँदे शहीद‘को बाढी ल्याएर
गङ्गामा मिसाउन

शुक्रवार, माघ १९, २०८० बिहान ६ः४२ बजे, पोखरा

प्रतिक्रिया दिनुहोस्