Logo
Logo

सम्झने दिन



मिथ्याधीशको खोज
मूर्तिभञ्जकको तोडमोड
मुलुक बचाउनेहरू
ती वीरताको प्रतिमूर्तिमा
कालो पोतेर आफ्नो उज्यालो खोज्नेहरू
केमा नेपाल देखिरहेका छन् ?

राज्य मूढ बनेको वेला
मुलुक बनाउनेलाई
राज्यले सम्झन सक्तैन
मुलुक भत्काउनको लागि
राज्य लागिपरिरहेको छ
कसरी ?
जब लुटेराहरू मसिहा बनेर
तस्करहरू देवता भएर
जग्गा खानेहरू नेता बनेर
राज्यको बागडोर समात्छन्
अनि मुस्टेले हानेको वेगमा
सिंगापुर यात्राको मुलुक
त्यति वेला –
तिमीलाई म असाध्यै सम्झन्छु
नेपाल भन्ने प्रत्येक नेपालीले
तिमीलाई नै सम्झने दिन ।

प्रतिक्रिया दिनुहोस्