Logo
Logo

दास र दासी



सबलाई बराबर
सब बराबर
सर्वहारा क्रान्तिको नाममा
बराबरीको भाकामा
हजारौँलाई मरायौ
क्रान्ति मार्यौ
क्रान्तिकारी मार्याै
बाँचेकालाई झन् विपन्न पार्याै
घर आँगन छोड्न विवश पार्यौ
बराबरीबाट बनेका ए धन कुवेरहरू
ए जर्ज अरवेलरुपी पात्रहरू
यति त सोच
क्रान्तिको खेतीबाट शासक बन्यौ
भ्रान्तिको खेतीबाट कुबेर बन्यौ
खेत नै नरहने भई सक्यो
आफ्नै कुलोको पानीमा हात हाल्न
अरूलाई सोध्नुपर्ने भएको छ
चार किल्ला मिच्दै छन्
साझा चोक गुम्न लाग्यो
अव त सोच
यति त बुझ
कानुनको हात काटेर
अपराधी नबनेका हे ! अपराधीहरू
कति खेलाउँछौ यो मुलुकलाई दासीसरह ?
बेसुरा गीतको लयमा
सत्ताच्यूतको भयमा
आफू अन्तको दास बनेर
ए ! दासानुदासहरू
सोच, अझै समय छ
चेतना भए !

प्रतिक्रिया दिनुहोस्