Logo
Logo

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट शुक्रबार हुने


1k
Shares

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँट गर्ने भएके हो ।

कम्पनीको आइपीओमा १० लाख १५ हजार २११ जनाले आवेदन दिएकोमा ९ लाख ५९ हजार ६९० जनाको हात खालि हुने भएको छ। माग भन्दा बढी आवेदन परेको हुँदा आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुने कम्पनीले जानकारी गरेको छ । जसमा ५५ हजार ५२१ जनाले ५०र५० कित्ताका दरले आइपीओ हात पार्ने छन् । सो मध्यका २ जनाले भने थप १÷१ कित्ता गरी ५१ कित्ता सेयर पाउनेछन् ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता सेयर मूल्य ३ सय ६० रुपैयाँ ९० पैसा रहेको आइपीओ जारी गरेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्