Logo
Logo

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार निर्धारण गरिएकोे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २२ हजार चार सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख २० हजार चार सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार चार सय ४५ कायम भएको महासङ्घले जनाएको छ ।

यसअघि गत पुस १२ गते प्रतितोला रु एक लाख २२ हजारको उच्चदरमा छापावाल सुन कारोबार भएको थियो । त्यसपछि केही समय सामान्य रही यही फागुन २ गते एक लाख १६ हजार पाँच सयसम्म आएको सुनको मूल्य त्यसयता उतारचढाव हुँदै आज हालसम्मकै उच्च बनेको हो ।

प्रतिक्रिया दिनुहोस्