Logo
Logo

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट, १ हजार ३४२ जनाको आवेदन रद्द


378
Shares

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई जारी गरेको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ५५ हजार ५२१ जनाले सेयर हात पारेका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।

सर्वोत्तमको आइपीओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकामा १ हजार ३४२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ । रितपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

सर्वोत्तमले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री गरेको थियो । बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपीओ जारी भएको हो ।

लगानीकर्ताले सर्वोत्तम सिमेन्टको वेबसाइट र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट आइपीओ नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्