Logo
Logo

हिमालयन बैंकले सिभिल बैकलाई प्राप्ति गरेपश्चात् विभिन्न ठाउँमा सेवा विस्तार



काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् काठमाडौंको विभिन्न ठाउँमा सेवा विस्तार गरेको छ । 

बैंले नजिक भएको शाखा सञ्जालहरुमध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ नगरपालिका– ८ बाट विभिन्न बैंकिङ सेवा विस्तार गरेको  हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले आइतबार उक्त शाखाको उद्घाटन गरेका हुन् । 

यसै गरी बैंककाे कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपुरमा स्थानान्तरण गरी आइतबारदेखि नै सञ्चालनमा ल्याइएको छ । 

अहिलेसम्म बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, २ सय ६४ एटिएम, ६ हजार पाँच सयभन्दा बढी पोस्ट टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्