काठमाडौं । एकदिवसीय टी–२० सिरिज अन्तर्गत आज नेपाल ‘ए’ले आयरल्याण्ड वुल्भ्ससँग दोस्रा खेल खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरू हुनेछ ।
एकदिवसीय सिरिजको पहिलो खेलमा नमिठो हार ब्यहोरेको नेपाल आजको खेल जितेर अंक बराबरी पार्ने लक्ष्यमा छ । पहिलो खेलमा १५८ रनको सामान्य लक्ष्य पाएको नेपालले २५.३ ओभरमा १३६ रनमै अलआउट भएको थियो ।

आजको खेलमा नेपाल पराजित भए सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना जिवित रहन्छ । यदि पराजित भएमा एक खेल बाँकी छँदै नेपालले सिरिज गुमाउनेछ ।
एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ । एकदिवसीय सिरिजको कप्तानी विनोद भण्डारीले गरेका छन् । नेपाली टिममा क्याप्टेन विनोदसहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल रहेका छन् ।














