Logo
Logo

त्रिकोणात्मक सिरिजमा नेपालले आज बरोडासँग खेल्दै


1.4k
Shares

काठमाडौं । भारतमा जारी फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज बरोडासँग खेल्दैछ । लिग चरणको अन्तिम खेल नेपाली समय अनुसार पौने ३ बजे मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरुबाट हुनेछ ।

नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ भने गुजरातले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ । बरोडाले आफ्ना यसअघिका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यसैले यस खेलको नतिजाले कुनै फरक नपार्ने भएको छ ।

डबल राउन्ड रोबिनको आधारमा भएको खेलको फाइनल आइतबार हुनेछ । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो। त्यसपछि नेपाल त्यहिँबाटै ओमान जानेछ ।

प्रतिक्रिया दिनुहोस्