Logo
Logo

एरिका र कुशल अमेरिकामा सम्मानित



काठमाडौं । खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन् ।

टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थितिमा मोमो हाउस ह्युस्टनले युएसए ओपन च्याम्पियनसिपमा पनि पदक विजेता एरिका र प्रशिक्षक कुशललाई १५ सय डलरसहित सम्मान गरेको हो ।

प्रशिक्षक कुशल श्रेष्ठ दशौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेतासमेत हुन् । चीन यसै वर्ष सम्पन्न १९औं एसियाली खेलकुदमा एरिकाले ऐतिहासिक रजत पदक जित्दा उनै कुशल प्रशिक्षक थिए । सोही एसियाली खेलकुदमा सहभागी विप्लवलाल श्रेष्ठ र एरिकाले टेक्सासमा भएको युएस ओपन करातेमा प्रतिस्पर्धा गरेका थिए ।

सो च्याम्पियनसिपमा एरिकाले एक स्वर्ण र रजत पदक जित्दा विप्लवलाल पदकविहीन भए । एरिकाले १८ देखि २० वर्ष उमेरसमूहमा स्वर्ण र ६८ केजी तौलसमूहमा रजत पदक हात पारेकी थिइन् । उनको सो सफलताका लागि टेक्सासका नेपाली व्यवसायीले सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्