Logo
Logo

जितका लागि नेपालले पायो १७५ रनको लक्ष्य



काठमाडौं । आयरल्याण्ड वुल्भ्स विरूद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालको ‘ए’ले जितका लागि १७५ रनको लक्ष्य पाएको छ । शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो ।

आयरल्याण्डलाई १७४ रनमा अलआउट गर्न रिजन ढकाल र शाहव आलमले तीन÷तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल सिंह ऐरीले एक विकेट लिए ।

आयरल्याण्डका वुल्भ्सका लागि ग्याभिन हनीले अर्धशतक प्रहार गरे । ५९ बलमा उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ग्यारेथ डेलानीले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४५ रन जोडे भने लियाम मिककार्थील ३५ रनको योगदान गरे । नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ । सिरिज जोगाइराख्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्