काठमाडौँ । आयरल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा आइतबार नेपालका ब्याट्सम्यान अर्जुन कुमालले शतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी उक्त खेलमा अर्जुन कुमालले एक सय १४ बलमा शतक पुरा गरेका हुन् ।

ओपनर ब्याट्सम्यान अर्जुन कुमालले यस क्रममा १४ वटा चौका प्रहार गरेका छन् । ३३.१ ओभरमा उनले शतक पुरा गर्दा नेपालले पाँच विकेट गुमाएर एक सय ९३ रन बनाएको छ । आयरल्यान्डले दिएको दुई सय ८५ रनको लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा ओर्लिएको हो ।
तीन एकदिवसीय खेलको शृङ्खला भने आयरल्यान्डले यसअघि नै जितिसकेको छ । पहिलो र दोस्रो खेलमा आयरल्यान्ड विजयी भएको थियो । त्यसअघि खेलिएको तीन खेलको टी–२० शृङ्खलामा पनि आयरल्यान्ड २१ ले विजयी भएको थियो ।














