Logo
Logo

आईपीएलमा आज चेन्नई र कोलकाता भिड्दै



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल एमए चिदम्बरम स्टेडियम, चेन्नईमा बेलुकी पौने ८ बजेबाट शुरु हुनेछ ।

सिजनमा यो खेल चेन्नईको पाँचौँ र कोलकाताको चौथो हो । चेन्नईले चारमध्ये दुई खेलमा जित निकालेको छ भने कोलकताले यो सिजनमा अहिलेसम्म एक खेल पनि हारेको छैन ।

आईपीएलमा हालसम्म यी दुई टोलीले २९ खेल खेलेका छन् । चेन्नईले १८ र कोलकाताले १० खेलमा जित हात पारेका छन् । एक खेल अनिर्णित रह्यो। कोलकाताले सन् २०१२ मा फाइनलमा चेन्नईलाई हराएर पहिलो उपाधि जितेको थियो ।

चेन्नईले जितसँगै सिजनको सुरुवात गरेको थियो। टोलीले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र दोस्रो खेलमा गुजरात टाइटन्सलाई पराजित गरेको थियो । त्यसपछि लगातार दुई हार बेहोरेको छ । चेन्नई दिल्ली र हैदरावादसँग पराजित भएको हो ।

कोलकाताले सिजनको पहिलो तीन खेल जितेको छ। पहिलो खेलमा सनराइजर्स हैदराबाद, दोस्रोमा रोयल च्यालेन्जर्स बैंग्लुरु र तेस्रोमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्