Logo
Logo

आईपीएलमा आज दुई खेल हुँदै



काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछ । आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच हुँदै छ ।

कोलकोताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः ४५ बजेदेखि सुरु हुनेछ । अहिलेसम्म कोलकोताले ४ खेलमा जित हासिल गरेको छ भने एक मात्र हार बेहोरेको छ । त्यसैगरी लखनउले भने ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।

त्यसैगरी दोस्रो खेल मुम्बई इण्डियन्स र चेन्नई सुपरकिंग्सबीच हुँदै छ । मुम्बईको घरेलु मैदान वान्खडे स्टेडियममा हुने यो खेल राति ७ः ४५ बजेदेखि शुरु हुनेछ । जारी आइपिएलमा मुम्बई इण्डियन्सले ५ खेलमा २ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

शुरुका तीन खेलमा हार बेहोरेको मुम्बईले पछिल्ला दुई खेल जितेर विजयी लयमा फर्किएको छ । त्यसैगरी चेन्नई सुपर किंग्सले भने अहिलेसम्म ५ खेलमा ३ जित हासिल गरेको छ भने २ खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्