Logo
Logo

अमेरिकामा बाघलाई पनि सर्याे कोराेना भाइरस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत ।
कोरोना भाइरस जनावरमा पनि सर्ने पुष्टि भएको छ । अमेरिकामा एक बाघमा कोरोना संक्रमण पुष्टि भएको छ । अन्यमा बाघमा पनि लक्षण देखिएको छ ।

न्यू योर्कको ब्राेंस नामक चिडियाखानामा चार वर्षिय बाघमा संक्रमण पुष्टि भएको हो । .तर, कसरी संक्रमण भयो भन्ने प्रष्ट भएको छ । सो बाघसँग सम्पर्क भएका चिडियाखानाका कर्मचारीमा संक्रमण भेटिएको छ । कर्मचारी बाहेक अन्य मान्छेसँग बाघको निकटता हुँदैन।
यसअघि हङकङमा पनि विभिन्न जनावरमा कोरोनो देखिएको थियो ।
कोरोना जनावरबाटै मान्छेमा सरेको आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्