Logo
Logo

नेपालमा इभीप्रति बढ्दो आकर्षण


945
Shares

काठमाडौं । नेपालमा छोटो समयमै विद्युतीय सवारीसाधनले सडकमा कब्जा जमाएको छ । वातावरणप्रति सचेत नेपालीले विद्युतीय सवारीप्रति देखाएको सकारात्मक सोचका कारण दिनप्रतिदिन विद्युतीय सवारीप्रति आम उपभोक्ताको आकर्षण बढेको छ ।

सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राख्दै भन्सार, अन्तशुल्कमा छुट दिएको कारण विद्युतीय सवारी चढ्ने उपभोक्ता बढेका हुन् । विद्युतीय सवारीप्रति सरकारको स्थायी नीति हुने हो भने आगामी १० वर्षमा ५० प्रतिशतभन्दा बढी विद्युतीय सवारी सडकमा गुड्नेछन् ।

विद्युतीय सवारीका लागि सरकारले चार्जिङ स्टेशन निर्माण गर्ने कुरालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । अहिले देशभर सञ्चालित पेट्रोलपम्पहरुमा अनिवार्य चार्जिङ स्टेशन निर्माण गर्न सकियो भने विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सजिलो हुनेछ ।

अहिले भारतबाट २ खर्बभन्दा बढी पेट्रोल र डिजेल आयात भइरहेको छ । व्यापारघाटा कमगर्न पनि सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्नुपर्छ । अहिले महंगो पेट्रोल र डिजेलका कारण उपभोक्ताहरु हैरान भएका छन् । त्यसैले पनि पेट्रोलका गाडी चढ्ने उपभोक्ताहरु विद्युतीय सवारीप्रति आकर्षित भएका हुन् ।

विद्युतीय सवारीसाधन र पेट्रोलियम सवारी साधनको मूल्यमा खास फरक छैन । आफ्नो बजेटअनुसारको विभिन्न आकर्षक मोडलका विद्युतीय सवारीसाधन बजारमा उपलब्ध छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा खर्च बढी हुने गरेको छ । त्यसको तुलनामा विद्युतीय सवारीसाधनको खर्च कम छ । पेट्रोलियम पदार्थको गाडीमा सबैभन्दा बढी खर्च इन्धनमा लाग्ने गरेको छ ।

त्यसको तुलनामा विद्युतीय सवारीको चार्जिङ कयौं गुणा कम छ । काठमाडौंमा विद्युतीय सवारीमा एकपटक चार्जिङ गर्दा न्यूनतम ३०० सय किलोमिटर गुड्छ । जसको विद्युतको चार्ज बढीमा एक हजार रुपैयाँ मात्र लाग्छ । काठमाडौं बाहिर हाइवेमा ४०० भन्दा बढी गुडेको तथ्यांक छ ।

अहिले नेपालमा चिनियाँ ब्राण्डका धेरै ईभी भित्रिएका छ । तर, पनि बिवाइडीले बजार विस्तार गरेको छ । बिवाइडी अन्तर्राष्ट्रिय बजारमा चर्चित ब्राण्ड भएकोले पनि नेपालमा यसको विश्वसनीयता अरु विद्युतीय सवारीभन्दा बढी छ ।

सन् २०२३ मा बिवाइडीले विश्वभर ७० लाखभन्दा बढी गाडी बिक्री गरेको छ । यस तथ्यांकले नेपालमा मात्र होइन, बिवाइडीका विभिन्न ब्राण्ड मन पराउने संसारमा धेरै छन् । साइमेक्स इंकका अनुसार सन् २०२३ मा नेपालमा बिवाइडीका इ–सिक्स, अटो थ्रि र डल्फिन गरेर दुई हजारभन्दा बढी गाडी बिक्री भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु वर्षको १० महिनामा साढे ४ अर्ब मूल्य बराबरका १ हजार ४ सय विद्युतीय सवारीसाधन आयात भएको तथ्यांक छ । जेठको पहिलो साताभित्र ५ सय १२ सवारीसाधन आयात भएको छ ।

सबैभन्दा बढी ५१ देखि १ सय किलोवाटसम्मका विद्युतीय गाडी छन् । १ सय किलोवाटका ईभीमा भन्सार अन्तशुल्क कम भएकाले पनि उपभोक्ताहरू आकर्षित भएका छन् । चीन, भारत र अन्य मुलुकहरूबाट आयात भएका अधिकांश ईभी सय किलोवाटभन्दा तलको छ ।

अहिले नेपालमा चिनियाँ ब्राण्डका धेरै ईभी भित्रिएको छ । बिवाइडीले अरुले भन्दा बढी बजार विस्तार गरेको छ । बिवाइडी अन्तर्राष्ट्रिय बजारमा चर्चित ब्राण्ड भएकोले पनि नेपालमा यसको विश्वसनीयता अरु विद्युतीय सवारीभन्दा बढी छ । सन् २०२३ मा बिवाइडीले विश्वभर ७० लाखभन्दा बढी इभी बिक्री गरेको छ । यस तथ्यांकले नेपालमा मात्र होइन, बिवाइडीका विभिन्न ब्राण्ड मन पराउने संसारमा धेरै छन् । साइमेक्स इंकका अनुसार सन् २०२३ मा नेपालमा बिवाइडीका इ–सिक्स, अटो थ्रि र डल्फिन गरेर दुई हजारभन्दा बढी गाडी बिक्री भएको छ ।

विश्वभर टेस्लालाई टक्कर दिएको बिवाईडीप्रति उपभोक्ताहरूको आकर्षण बढ्नुको कारण ब्याट्री हो । बिवाईडीले ब्याट्रीको ८ वर्षको वारेन्टी दिएको छ । वारेन्टी अवधिको अन्त्यसम्ममा ब्याट्रीको क्यापासिटी ७५ प्रतिशतसम्म रहन्छ । अर्थात ८ वर्षपछि पुरै ब्याट्री फेर्नु पर्दैन । मोबाइलको जस्तो ब्याट्रीको क्षमता मात्र कम हुँदै जाने हो ।

अटो थ्रीको ब्याट्रीले १२ लाख किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ । ३ हजार पटक फूल चार्ज गर्न मिल्छ । हालसम्म अटो थ्री २ हजारभन्दा बढी बिक्री भइसकेको छ । ब्राण्डभ्यालुका कारण पनि उपभोक्ताको रोजाइमा परेको हो । यो विश्वकै नम्बर १ कम्पनीको रुपमा रहेको छ । नेपालमा पनि बिवाइडी बिक्री हुन थालेको ६ वर्षभन्दा बढी समय हुँदा उपभोक्तामा विश्वास बढेको छ । यस गाडीको फिचरले गर्दा धेरै बिक्री भएको बताइन्छ ।

भन्सारको तथ्यांकअनुसार विद्युतीय सवारी आयात गरिएका सवारीसाधनको बजार मूल्य ४० देखि ८० लाख रुपैयाँसम्म कायम गरिएको छ । चालु वर्षको यस अवधिमा गत वर्षको भन्दा १ हजार बढी इलेक्ट्रिक सवारीसाधन आयात भएका छन् ।

विद्युतीय सवारीसाधनको आयात वृद्धिले आर्थिक वर्ष अन्त्य हुन डेढ महिना बाँकी हुँदै राजस्व संकलन लक्ष्य पूरा भएको छ । अहिले विद्युतीय सवारीमा भन्सार र अन्तशुल्क कम उठे पनि भविश्यमा नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारीको विकल्प छैन ।

नेपालमै उत्पादित विद्युत खपत हुने भएकाले विस्तारै पेट्रोलियम पदार्थको आयात मात्र होइन, मोविल अन्य पार्टपुर्जा र मर्मत सम्हारको पनि घट्दै जाने छ । यसले भविश्यमा अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने छ । तर, अहिले कर्मचारीलाई तलव खुवाउन पैसा छैन भनेर विद्युतीय सवारीमा कर बढाउन एकथरीले ‘लविङ’ गर्दै आएका छन् । यो कुरा दरिद्र मानसिकताको उपज हो । जुन देशको भविश्यका लागि घातक छ ।

विश्वभर ईभीको प्रयोग बढेको बेला नेपाल उल्टो बाटोमा हिड्न हुन्न । भारत र चीनले समेत पेट्रोलियमबाट चल्ने सवारी उत्पादन घटाउँदै इभी उत्पादनमा जोड दिएको बेला नेपालमा भने इभी नीति नै बनेको छैन ।

प्रतिक्रिया दिनुहोस्