काठमाडौं । काठमाडौं जिल्लाको शंखरापुर नगरपालिका वडा नं ३ स्थित पर्यटकिय नगरी जहरसिंपौवामा यहि असोज १२ देखि २३ गतेसम्म फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । बडा दशै अवसरमा आयोजना हुने उक्त प्रतीयोगिता शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवा खेल मैदानमा हुँदैछ ।

प्रथम पुरस्कार २ लाख २२ हजार २ सय २२ रहेको उक्त प्रतियोगिताका उपबिजेताले १ लाख ११ हजार १ सय ११ पाउनेछन् भने सान्त्वना पुरस्कार स्वरुप फस्ट रनरपले ५५ हजार ५ सय ५५ पाउनेछ्न् ।
जहरसिंपौवा क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको जहरसिंपौवा युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । यस प्रतियोगिताले समग्र खेलकुद क्षेत्रको बिकासमा महत्वपूर्ण टेवा पुर्याउन सहयोग पुग्ने आयोजक जहरसिंपौवा युवा क्लबका अध्यक्ष बासु वाईबाले बताए ।
नक आउट चरणमा सम्पन्न हुने उक्त प्रतियोगिताको टिम दर्ता यहि भदौ २३ गतेबाट शुरु भैसकेको र टिमले दर्ताका लागि प्रत्येक टिमले १० हजार प्रवेश शुल्क बुझाउनु पर्नेछ ।
जहरसिंपौवा युवा क्लबको आयोजनामा गत बर्ष पनि करिव २ लाख पुरस्कार राशिको फुटवल प्रतियोगिता आयोजना गरेको थियो ।














