Logo
Logo

‘क्राइम पेट्रोल’की अभिनेत्री, जसले सुसाइट नोट छाडेर गरिन् आत्महत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ जेठ । भारतको चर्चित ‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता टेलिसिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले आत्महत्या गरेकी छन् । भारतीय समाचारमाध्यमका अनुसार उनले, सोमबार बेलुकी आफ्नै निवासमा आत्महत्या गरेकी हुन् ।
२५ वर्षीया यी चर्चित सिरियल अभिनेत्रीले आत्महत्या गर्नुअघि सुसाइड नोट समेत लेखेको भेटिएको छ् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छन् । जुन कुरा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
अभिनेत्री प्रेक्षाले सुसाइट नोटमा लेखेकी छन्, ‘म मेरो मरिसकेका सपनाको साथमा बाँच्न सक्दिनँ । यस्तो नकारात्मक कुरालाई लिएर बाँच्न मुश्किल छ ।’ उनले आत्महत्या गर्दा उनका परिवारका सदस्यहरु घरमा तास खेलिरहेको बताइएको छ । तर, अभिनेत्री प्रेक्षा भने त्यो बेला एक्लै कोठमा बसिरहेकी थिइन् । करिब राति १० बजेतिर आफ्नो कोठामा पुगेपछि प्रेक्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी थिइन्, ‘मानिसको सपना मर्न थाल्नु नै सबै भन्दा खराब समय हो ।’ उनी मंगलबार बिहान कोठको सिलिङमा रहेको पंखामा झुण्डिएको अवस्थामा भेटिएको परिवारका सदस्यलाई उदृत गर्दै प्रहरीले जनाएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम गर्न देशमा भएको लकडाउनका कारण उनी मुम्बईबाट आफ्नो घर पुगेकी थिइन् । पछिल्लो एक बर्षदेखि काम नपाएका कारण प्रेक्षा डिप्रेशनमा रहेको भारतीय मिडियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्