Logo
Logo

प्रधानमन्त्री ओलीको रचनामा ‘बन्छ नमुना नेपाल’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली कविता लेख्छन् भन्ने त थाहै छ । तर, उनी कवितामात्र होइन, गीत पनि लेख्छन् भन्ने प्रमाण भएको छ ।
प्रधानमन्त्री ओलीको रचना रहेको ‘बन्छ नमुना नेपाल’ बोलको राष्ट्रभावको गीत १३औँ गणतन्त्र दिवसको अवसर सार्वजनिक भएको छ । ‘प्रधानमन्त्रीको सचिवालयमार्फत हातपरेको कविता वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाई तथा दिदीबहिनीलाई लक्षिय गरी लेखिएको पाएँ, यस्तो समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रुचि लागिहाल्यो’ नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य समेत समेत रहको संगीतका अशोक लोहोरुङ राईले भने ।
प्रधानमन्त्री ओलीको शब्द रचनामा रहेको उक्त गीतमा सञ्जय तुम्रोक, श्रेयासी चेम्जोङ र दुर्गा परियारको स्वर समेटिएको छ । अन्तरा सांगीतिक समूहद्वारा निर्मित गीतको भिडियोमा विभिन्न स्थानको दृश्य कैद गरिएको छ । उक्त गीतले प्रवासमा रहेका नेपालीलाई सकरात्मक सन्देश दिने संगीतकार राईको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्