Logo
Logo

कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटर गुमाउँदै ११८ रन बनायो ।

कर्णालीको लागि गुल्सन झाले सर्वाधिक २५ रनको योेगदान दिए । त्यस्तै दिप खनालले २४, जेशन मक्सुटले १२, विलियम बसिस्टोले १२, चाल्डिक वाल्टन ११ र युनिस ठकुरीले १२ रन बनाए भने अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

कर्णालीका कप्तान सोमपाल कामी ५ रनमा आउट हुँदा नन्द यादव ४ रन र अर्जुन घर्ती २ रनमा अविजित रहे ।

जनकपुरका लागि जेम्स नेशम, मोहम्मद मोशिम र ललित राजवंशीले समान २/२ विकेट लिए । त्यस्तै हरिश ठकर र शेर मल्लको नाममा १/१ विकेट रह्यो । अहिले जनकपुरले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्