Logo
Logo

दोलखमा भूकम्पको धक्का


- दृष्टि न्युज/संवाददाता


दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई भूकम्प गएको छ । आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताउनुभयो । उहाँका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केलं) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।

प्रतिक्रिया दिनुहोस्