काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा प्रधानमन्त्री ओली बैंककमा छन् । त्यसक्रममा उनले भुटानी समकक्षीसँग साइडलाइट भेटवार्ता गरेका हुन् ।

दुई देशका प्रधानमन्त्रीबीच सहकार्यका विविध पक्षमा छलफल भएको छ । बिहीबार भएको भेटमा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।














