Logo
Logo

ओली र मोदीबीच आज भेटवार्ता हुँदै


756
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक पुगेका प्रधानमन्त्री ओली र मोदीबीच आज साइडलाइन वार्ता हुने भएको हो । नेपालले ओली र मोदीबीच साइडलाइन भेटका लागि कूटनीतिक प्रयास गरेको थियो ।

नेपालका तर्फबाट तयार पारिएको ओलीको थाइल्याण्ड भ्रमण कार्यतालिकामा आज अपराहृन ४ बजेदेखि २० मिनेटमा मोदीसँग भेटवार्ता हुने उल्लेख छ । बैंककमै रहेका परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुधबार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने तय भएको जानकारी दिएका थिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले बिहीबार श्रीलंका, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए । परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्ण ढकालले नेपाल र भारतका प्रधानमन्त्रीबीच शुक्रबार अपराहृन साइडलाइन भेटवार्ताको तयारी रहेको प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री भएको तीन महिनाभित्रै प्रधानमन्त्री ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ता गरेका थिए । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका दौरान साइडलाइन भेटवार्ता भएको हो । त्यसयता ओली र मोदी बिमस्टेकको मञ्चमा भेट्दै छन् । थाइल्याण्डमा द्विपक्षीय भेट भएको खण्डमा भारत वा नेपालबाहिरै मोदीसँग प्रधानमन्त्री ओलीको जारी कार्यकालको यो दोस्रो भेट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्