Logo
Logo

राष्ट्र बैंकको गभर्नरबाट बिदा भए अधिकारी


819
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट बिदा भएका छन् । २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका अधिकारी आजबाट औपचारिक रूपमा राष्ट्र बैंकबाट बिदा भएका हुन् । उनको कार्यकाल यहि चैत २४ गते सकिँदैछ । उनी दुई दिन अघि नै विदा भएका हुन् ।

कार्यकक्षबाट बिदा भएसँगै उनले बैंककै प्राङ्गणमा पत्रकार सम्मेलन गरर उनले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न उतारचढाव आएको तथा राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेपको प्रयास भएको बताए ।

सााथै अधिकारीले आफ्नो कार्यकालमा केन्द्रीय बैंकको स्वायत्ततालाई जोगाउन सहयोग गरेको भन्दै सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ताप्रति, कर्मचारी, सञ्चार जगतलगायतलाई धन्यवाद समेत दिए ।

प्रतिक्रिया दिनुहोस्