Logo
Logo

जनताको आशिर्वादले हार्न दिएको छैन- कुलमान


630
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई जनताको स्नेह र आशिर्वादले हार्ने छुट नदिएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले नेपाली जनताले दिएको स्नेह र आशिर्वादले हार्न नदिएको बताउँदै आफूलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार रहेको बताए ।

उनले भनेका छन्, ‘जनताको सेवामा इमान्दार खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउन सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान् । तर, नेपाली जनताले दिएको स्नेह र आशिर्वादले मलाई हार्न दिएको छैन ।’

साथै, घिसिङले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि नहटेको बताए ।

‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशबाटमात्रै बिदा भएको हुँ । एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य कहिल्यै कम हुने छैन,’ उनले भनेका छन्, ‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैं जानकार छन् ।’

प्रतिक्रिया दिनुहोस्