Logo
Logo

३५ वर्षसम्म देश लुटेकाहरूलाई ‘पाता कसेर’ जेल हाल्ने हाम्रो अन्तिम लक्ष्य हो : हरि ढकाल


1.6k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले चितवनमा आयोजित जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रवि लामिछाने र पार्टीको “अन्तिम इच्छा” सार्वजनिक गरे। उनले भने, “३५ वर्षसम्म देश लुटेकाहरूलाई पाता कसेर जेल हाल्ने हाम्रो अन्तिम लक्ष्य हो। किसानको अनुहारमा हाँसो ल्याउने, युवा पलायन रोक्ने, रोजगारी सिर्जना गर्ने, दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउने हाम्रो अठोट हो।”

ढकालले लामिछानेलाई प्रहरीले बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गर्दा ‘अन्तिम इच्छा के हो?’ भनेर सोधिएको प्रसङ्ग उल्लेख गर्दै भावुक अभिव्यक्ति दिएका थिए।

उनले विगतमा टिभीको समयमा रविलाई चितवन लखेटिएको तर चितवनले न्याय दिलाएको उल्लेख गर्दै भने, “अब पनि लखेट्न खोजिएको छ। तर सम्झनुपर्छ, यिनै रविलाई देशको उपप्रधान र गृहमन्त्री बनाएको हो।”

प्रहरीको शैलीप्रति आपत्ति जनाउँदै ढकालले गृहमन्त्रीलाई चेतावनी दिए, “बेडरुमसम्म पुगेर गुण्डागर्दी शैलीमा पक्राउ गर्नु विधिको शासन होइन। रविको रगतमा तेजाब बगेको छ, जसले तिमीहरूलाई जलाउनेछ। अब दियो मसाल बनेको छ, डढेलो लागेको छ – २०८४ मा तिमीहरू खाक हुनेछौ।”

अन्त्यमा, उनले सिमराबाट फर्किँदा विमानमा सभापति लामिछानेले भनेको कुरा स्मरण गरे, “यो समय पनि बित्नेछ, तर हामी यिनीहरूको समय सजिलै बित्न दिने छैनौँ। आउँदो दिन हाम्रो हुनेछ – सुनौलो हुनेछ।”

प्रतिक्रिया दिनुहोस्