Logo
Logo

रवि लामिछानेलाई थुनामा पठाउने प्रक्रिया भएन : अशोक चौधरी


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले सभापति रवि लामिछानेलाई थुनामा पठाउने प्रक्रिया कानुनी नभएको दाबी गरेका छन्। चितवनमा आयोजित पार्टीको जनयात्रा शुभारम्भ कार्यक्रममा उनले भने, “हिजोको घटनाले हामीलाई दुखी बनायो। संयमित भएर हामी शक्ति बन्ने छौं, तर अदालतको आदेश बिना र पुर्जीबिना थुनामा लग्नु कानुनी प्रक्रिया होइन।’

चौधरीले देशमा व्याप्त निराशा, आक्रोश र अन्यायको बारेमा कुरा गर्दै सरकारमाथि आरोप लगाए। उनले भनें, ‘आजको सरकार दलाल र ठेकेदारको सेवक बनेको छ। बेरोजगारीका कारण युवा विदेश जान बाध्य छन्, विद्यार्थीले शिक्षा पाउन सकेका छैनन् र मजदुरलाई पेट पाल्न संघर्ष गर्नु परेको छ।’

उाले सरकारले देशको अवस्थामा सुधार गर्न केहि नगरेको र लुटतन्त्रको मच्चाएको आरोप लागाउँदै भने, ‘के हामी अब यो लुटतन्त्र सहने होरु होइन, अब समय आएको छ, हामी एकजुट भएर अघि बढ्ने छौं।’ उनले सरकारले जनताको समस्यामा ध्यान नदिइ निराशा फैलाएको र अब परिवर्तनको समय आएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्