Logo
Logo

रवि पक्राउ पछि वाग्लेको आक्रोश : ‘कस्ता कस्ता ट्यालेन्टेड न्यायामूर्तिहरु आए छन्’


5k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले आज चितवनको जनयात्रा कार्यक्रममा सम्बोधन गर्न नदिनैका लागि पार्टीका सभापति रवि लामिछानेलाई शुक्रवार राति नै पक्राउ गरिएको बताएका छन् । रविलाई शनिवार चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च भइरहेको बताएका छन् ।

उनले भने– ‘सभापतिज्यूले आज केही कुरा राख्ने उद्घोष गर्नुभएको थियो । सायद त्यो कुराले डराएर पनि हुनसक्छ । यो कार्यक्रममा कुनै हालतमा सहभागी हुन नदिन लामो समयदेखि प्रपञ्च बुनिराखेको म बुझ्छु ।’ शुक्रवार साँझ सभापति लामिछानेसँग कुरा हुँदा उनले सर्वोच्च अदालतमा जाने आफूलाई बताएको वाग्लेले सुनाए । उनका अनुसार सो कुराकानीमा लामिछानेले आफूलाई आज नै पक्राउ गर्छ भन्ने नलागेको बताएका थिए ।

‘भोलि चितवनमा सहभागी भएर कहाँ जानुपर्ने हो जान्छु भनेर भन्नुभएको थियो,’ उनले भने, ‘७ बजेतिर फैसला आउने, दुनियाँको ठुलो अपराधीलाई पक्राउन गर्न लागेको जस्तो गरेर, आकाश नै खस्ला जस्तो गरेर धरपकड गरियो । यो असाध्य निन्दनीय छ ।’ 

आज बुटवल लैजान अघि लामिछानेसँग भएको कुराकानी उद्धृत गर्दै भने, ‘हेर्नुस् के के न बित्यो भनेर ल्यायो । दाल भात खुवाएर राखेका छन्, आज पनि बिदा भोलि पनि बिदा ।’

वाग्लेले उच्च अदालतले फैसलामा क्यानडा, हिन्दुस्तानको उदाहरणहरू दिइएको सुनाए । उनले भने, ‘कस्ता कस्ता ट्यालेन्टेड न्यायामूर्तिहरु आएछन् भन्ने लाग्यो । त्यो बहस सकिएको दिन लेख्न सक्ने फैसला नै थिएन । त्यो तानाबाना पहिले नै बुनिएको रहेछ ।’

प्रतिक्रिया दिनुहोस्