Logo
Logo

राप्रपाको प्रदर्शनलाई ‘संयुक्त आन्दोलन समिति’को समर्थन, राष्ट्रिय झण्डासहित सहभागी हुने


5.3k
Shares

काठमाडौं । यही चैत्र २६ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आमसभामा राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति पनि सहभागी हुने भएको छ ।

समितिका कार्यवहाक संयोजक डा. जगमान गुरूङले विज्ञप्ति जारी गर्दै राप्रपाको आमसभामा राष्ट्रिय झण्डासहित सहभागी हुने जनाएका छन् । गुरूङले शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउनका लागि सबै राष्ट्रवादी देशभक्त नागरिकहरूलाई आह्वनसमेत गरेका छन् ।

‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ राप्रपाले भृकुटीमण्डपमा प्रदर्शन तथा बृहत् सभा गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्