काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैङ्कको गर्भनर नियुक्तमा खेलाँची भइरहेको आरोप लगाएका छन् । नेपाल राष्ट्र बैङ्कको गर्भनर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

गर्भनर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका लागि पनि दुर्भाग्य हुन्छ । यो अत्यन्त गम्भीर विषय हो ।’
डा। सुमन कोइरालाद्वारा लिखित ‘कात्रोमा खल्ती’ पुस्तकको विमोचन कार्यक्रममा कोइरालाले वर्तमान सरकारले सुशासन कायम गर्ने नसकेको बताए । काँग्रेस र एमालेको सरकार बनाउँदा गरिएको परिकल्पना अनुरूप अहिले सरकार अघि नबढेको उनको भनाइ रहेको छ ।














