Logo
Logo

जनमत–नागरिक उन्मुक्ति एकता: सीके राउत कार्यकारी अध्यक्ष


4k
Shares

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा.सीके राउत हुने गरी सहमति भएको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकारसहितको अध्यक्ष  बनाउने सहमति भएको हो । 

एकीकृत दलमा दुई अध्यक्ष हुने र सह-अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमति भएको हो । पार्टीको वरीयतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । पार्टीको वरीयतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।

जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका ६ जना बिचमा छलफल भएको छ । १५ वैशाखभित्र एकता गर्ने गरी दुई दलबिच छलफल भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्