काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक दलहरूले नयाँ समझदारी गर्नुपर्ने भन्दै प्रस्ताव गरेका छन् । मंगलबार पार्टीले आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजादेखि गणतन्त्रवादीसहित अट्ने व्यवस्था स्थापित गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

ुसबै राजनीतिक शक्तिहरूको सहकार्यमा नयाँ समझदारीमा गरौँ। हिजोको राम्रा कुरा र अहिलेका केही राम्रा छन् त्यो पनि समेटौँ,ु उनले भने, ुजहाँ राजादेखि अहिलेका गणतन्त्रवादी अट्नेछन्। राजा अभिवभावकीय शक्तिको रुपमा राखौँ। जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी राष्ट्रपति हुने, प्रदेश नरहेको केन्द्र सरकार र बलियो स्थानीय तह बनाऔं।ु
उनले यसो गरे १० वर्षभित्रै देश विकास भएको देख्न सकिने दाबी गरे । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनपछि देशको राजनीतिक घटनक्रममा केही परिवर्तन भएको पनि बताए ।
राजावादीको उक्त प्रदर्शनमा राज्यको तर्फबाट आतंक सिर्जना गरिएको भन्दै हिंसा भड्काएको आरोप पनि लगाए ।














