Logo
Logo

 यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरू 


4.1k
Shares

काठमाडौं ।  सरकारले पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मङ्गलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो ।

मन्त्रिपरिषद्ले विभिन्न १३ वटा निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत, बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्ति लगायतका निर्णय गरेको छ ।  त्यस्तै, वरिष्ठ पत्रकार एवं लेखक भैरव रिसालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली मन्त्रिपरिषद्ले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्