Logo
Logo

सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना


2.6k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्। भैरहवा कारागारमा रहेका जोशीलाई आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेज, भैरहवा लगिएको हो।

कारागार प्रशासनका अनुसार जोशी पहिलेदेखि नै औषधि सेवन गर्दै आइरहेका थिए। उनको हाल स्वास्थ्य परीक्षण र आवश्यक उपचार भइरहेको छ। तर, उनलाई के समस्या भएको भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।

जोशीलाई बुटवलस्थित सुप्रिम सहकारी संस्था ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसयता उनी भैरहवा कारागारमा रहेका छन्।

उनिविरुद्ध पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी र चितवनको सहारा चितवन सहकारीमा पनि ठगीका मुद्दा दायर भएका थिए। ती प्रकरणमा भने उनी धरौटीमा छुटेका थिए।

प्रतिक्रिया दिनुहोस्