Logo
Logo
हङकङ टी-२० सिरिज

नेपाललाई कतारले दियो १५२ रनको लक्ष्य


756
Shares

काठमाडौं । हङकङमा आजदेखि सुरु चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो ।

कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरे । उनी ५४ बलमा ५४ रन बनाउँदै आउट भए । बलिङमा नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले एकएक विकेट लिए । नन्दनले टी–२०आईमा डेब्यु विकेट लिएका हुन् ।

चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्