हेटौंडा । मकवानपुरमा बस दुर्घटना भएको छ । गएराति साढे ९ बजेतिर बकैया गाउँपालिका–३ चिसापानीबजारस्थित धरान–चतरा सडकखण्डमा बा.प्र ०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस दुर्घटना भएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार उक्त बस भीमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाले पालिकाका अगुवा किसानहरूलाई कृषक भ्रमणका रिजर्भ गरेको थियो । भ्रमणबाट फर्कँदै गर्दा घुम्ती सडकमा बस पल्टिएको प्रहरीले जनाएको छ ।
बसमा ३१ जना सवार थिए । उनीहरूको उद्दार गरी गएराति नै उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस सडकमै रहेको छ ।
अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । केहीलाई पुरानो मेडिकल कलेज भरतपुर रेफर गरिएको छ । प्रहरीका अनुसार उपचार भइरहेका चार घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार गम्भीर घाइतेहरुमा भिमफेदी गाउँपालिका–३ बुल्मिङका ४६ वर्षीय श्रीराम बज्यु, भिमफेदी–५ ज्यामिरेकी ५५ वर्षीया रिताकुमारी मगर, भिमफेदी–६ टारगाउँकी ४५ वर्षीया सुमित्रा लामा र ५५ वर्षीया सानी आले रहेका छन् । बाँकी सामान्य घाइते छन् भने केही घाइते डिस्चार्ज भइसकेका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














