Logo
Logo

नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी


1.7k
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस९एमाले गठबन्धनका उम्मेदवार, वरिष्ठ अधिवक्ता प्रा। डा। विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् । मिश्रले ५०५२ मत प्राप्त गर्दै विजयी भएका हुन्, जबकि माओवादी लगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मात्र मत पाए ।

महासचिवमा पनि कांग्रेस९एमाले गठबन्धनका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए, जबकि अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरे ।

अन्य सबै पदाधिकारीहरूमा पनि कांग्रेस९एमाले गठबन्धनका उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।  कोशी प्रदेशबाट उपाध्यक्ष पदमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्