Logo
Logo

शिक्षक र प्रहरीबिच धकेलाधकेल


1.2k
Shares

काठमाडौं । नेपाल शिक्षक महासङ्घले २० चैतदेखि काठमाडौँमा केन्द्रित आन्दोलन गरिरहेको छ। माइतीघरदेखि बिजुली बजार पुलसम्मको मुख्य सडकमा शिक्षकहरूले नाचगानसहित प्रदर्शन गर्दै गाडीको आवागमन रोकिरहेका छन् । 

मङ्गलवारसम्म सहायक लेनबाट गाडीहरू चलिरहेका थिए, तर बुधवारदेखि उत्तरतर्फको लेन पनि प्रदर्शनकारीहरूले कब्जा गरेपछि माइतीघरबाट बानेश्वर जाने सडकमा पनि गाडी चल्न सकेनन् । शुक्रवार, शिक्षकहरूले दक्षिणतर्फको लेन पनि कब्जा गरी प्रदर्शन जारी राखे ।

यसले गर्दा बानेश्वरबाट माइतीघरतर्फ जाने गाडीहरू बिजुली बजार पुल क्षेत्रमा अड्किए, जसले केही समय तनाव सिर्जना गर्यो । प्रहरी र आन्दोलित शिक्षकहरूको बिचमा धकेलाधकेलको स्थिति उत्पन्न भयो । अहिले सबै तीन लेनमा शिक्षकहरूको प्रदर्शन जारी छ । शिक्षक महासङ्घ र सरकारबिच आज वार्ता हुने भनिए पनि समय भने तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्