Logo
Logo

शिक्षक महासङ्घ र सरकारबिच छलफल सुरु


2k
Shares

काठमाडौँ । सिंहदरबारमा सरकार र शिक्षकहरूबिच छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच छलफल सुरु भएको हो ।

शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् ।  यसअघि सरकारले शिक्षकहरूलाई पटक–पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्