Logo
Logo

 शिक्षकहरू ऐन जारी नभएसम्म विद्यालय नफर्किने


252
Shares

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले ऐन नआएसम्म विद्यालय नफर्किने अडान लिएका छन् । माइतीघर मण्डलमा शनिवार भएको प्रदर्शनमा उनीहरूले सरकार शिक्षाप्रति उदासीन भएको आरोप लगाएको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन ११ औँ दिनमा प्रवेश गरेको छ ।

This image has an empty alt attribute; its file name is teacher-768x320.gif

राष्ट्रिय कार्यसमिति सदस्य गङ्गा ढुङ्गानाले सरकार पुराना सम्झौताबाट पछि हटेको बताइन् । राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमोदकुमार सिंहले ऐन जारी नगरे आन्दोलन अराजक बन्न सक्ने चेतावनी दिए । संखुवासभाका अध्यक्ष शेरबहादुर पुरीले पञ्चायती शिक्षा ऐन हटाउनुपर्ने माग गरे ।

विद्यार्थी भर्नाको समय भएकाले तत्काल ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरूले शान्तिपूर्ण आन्दोलनलाई कडा रूपमा लैजाने चेतावनी दिएका छन् । उनीहरूका अनुसार शिक्षा ऐन बिना सामुदायिक विद्यालय सङ्कटमा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्