Logo
Logo

पत्रकार रजकको परिवारलाई समाजवादी प्रेस संगठनको आर्थिक सहयोग


2.8k
Shares

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले समाचार सङ्कलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

शनिवार संगठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा टोली रजकको निवास पुगेर उनकी पत्नी सुजन मगिया रजक र दाजु दिनेश रजकलाई एकमुष्ट ५० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरिएको हो । सहयोग प्रदान गर्ने टोलीमा उपाध्यक्ष अस्मिता अधिकारी, महासचिव रोहित दाहाल, उपमहासचिव प्रेम गौतम र लेखनाथ सिकारु, सचिव प्रदीप नेपाली, केन्द्रिय सदस्य निरोज दोलाङ्गे, मिलन उपाध्यायलगायतका अन्य सदस्यहरू सहभागी थिए ।

अध्यक्ष श्रेष्ठले पत्रकारहरूको हकहित र भौतिक सुरक्षाप्रति सङ्गठन संवेदनशील रहेको भन्दै, पत्रकारको सुख–दुःखमा सङ्गठन सधैँ साथमा रहने प्रतिबद्धता जनाए ।

संगठनले रजकलाई सहिद घोषणा गर्न पनि सरकारसँग माग गरेको छ । भिडियो खिचिरहेको अवस्थामा जिउँदै जलाएर रजकको रहस्यमय हत्या गरिएको दाबी गर्दै सङ्गठनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाउन, रजकलाई सहिद घोषणा गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित न्याय सुनिश्चित गर्न माग गरेको हो ।

गत चैत १५ गते राजावादी समूहले आयोजना गरेको प्रदर्शनको क्रममा घरमै रहेका पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्